जुवाको खालबाट १६ जना जुवाडे पक्राउ

रिपोर्ट नेपाल | 2022 Dec 03 | 01:46 pm 1253

काठमाडौं, मंसिर १७ः जुवाको खालबाट १६ जना जुवाडे पक्राउ परेका छन् । शुक्रबार काठमाडौं महानगरपालिका–३ बस्ने राजु थापाको घरमा जुवातास खेलिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका–३ बस्ने ४१ वर्षीय भुवनलाल श्रेष्ठसहित १६ जनालाई हिजो राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४३ हजार रूपियाँसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.