जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

| 2022 Sep 29 | 05:33 pm 405

जुम्ला, असाेज १३ः जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका गुठीज्युलाबाट स्याउ लिएर सुर्खेतका लागि छुटेको वाग्मती प्रदेश-०३००१ ख २१६४ नम्बरको ट्रक गए राति हिमा गाउँपालिका-१ आचार्य लिहीको बझाङे खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा ट्रकका चालक मकवानपुरका अविनाश लामाको ज्यान गएको छ । यस्तै सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.