जुम्लामा आगोमा जलेर एकजनाको मृत्यु

रिपोर्ट नेपाल | 2023 Feb 07 | 08:33 am 1281

जुम्ला, माघ २४ः जुम्लाको चन्दननाथ नगरपालिका-१ ठिन्केमा आगलागीमा परी एकजनाको मृत्यु भएको छ। चन्दननाथका लोगबहादुर भण्डारीको घर आगलागीमा परी १६ वर्षकी बन्दना भण्डारीको मृत्यु भएको प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

राति १२ बजे तिर आगलागी हुँदा सुतिरहेको अवस्थामा उनको आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए। उनका अनुसार आगलागी कारणबारे अनुसन्धानको प्रक्रियामा रहेको छ। माटोको ३ तले घर जलेर पुरै क्षती भएको छ। क्षतीको थप विवरण आउन बाँकी छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.