जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही फराकिलो मतले विजयी

| 2022 Nov 24 | 08:15 am 169

जुम्ला, मंसिर ८ः जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानेन्द्र शाही फराकिलो मतले विजयी भएका छन् ।

निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरलाई फराकिलो मतले हराउँदै शाहीले विजयी हासिल गरे । शाहीले २२ हजार ८१९ मत पाए भने माओवादी केन्द्रकी कुँवरले ११ हजार ९५९ मत पाइन् । नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६ हजार ५२८ मत पाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.