जुम्ला , साउन ३ : २० दिनदेखि जुम्लामा अनशनरत डा गोविन्द केसी काठमाडौं आउन तयार भएका छन्। सरकारले केसीको समर्थनमा कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठान परिसरमा जम्मा भएका समर्थकलार्इ लाठीचार्ज गर्नुका साथै अश्रुग्याँस प्रहार भएपछि उनी काठमाडौं आउन तयार भएका हुन्।
डा केसीले काठमाडौंस्थति नागरिक समाजका अगुवालार्इ टेलिफोन गरेर जुम्लाका जनताको जीवनरक्षाका लागि आफू काठमाडौं आउन तयार भएको बताएका छन्।
उनले भने, ‘सरकार तानाशही ढंगले अघि बढेर जुम्लामा जनतालार्इ मार्ने प्रयास गरेको छ। म जुम्लाका जनतालार्इ मार्नका लागि होइन यहाँको जनताको भलाइका लागि अनशन बसेको हुँ।’ जुम्ली जनतालार्इ नमार्न आग्रह गर्दै आफू काठमाडौं आउन तयार भएको बताएका हुन्।
उनले काठमाडौं आएपनि आफ्नो आन्दोलन जारी रहेन बताएका छन्। यसअघि प्रहरीले लाठिचार्ज तथा अश्रुग्याँस प्रहार गर्दा दुर्इ दर्जनभन्दा धेरै चिकित्सक तथा विद्यार्थी घाइते भएका छन्।