जीप दुर्घटना हुँदा गुल्मीमा एकको मृत्यु, दुई घाइते

रिपोर्ट नेपाल | 2020 Mar 19 | 05:46 pm 1820

गुल्मी, चैत ६: जीप दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जीपका चालक धुर्कोट गाउँपालिका ६ का २४ वर्षीय मनिस जिसी रहेको प्रहरीले जानकार दिएको छ ।

लु २ च ७७५१ नम्बरको जीप बिहीबार दिउँसो तुराङ्ग पिपलपाटा जाँदै गर्दा चन्द्रकोट गाउँपालिका ८ को तुराङ्ग मजुवामा पल्टिएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी घाइते हुनेम चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीय श्याम आचार्य र गुल्मीदवार गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय शिषिर गौतम गम्भीर घाइते भएको गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्काले बताए ।

घाइते दुवै जनालाई स्थानीय मेडिकलमा समान्य उपचारपछि पाल्पा पठाइएको बताएको छ।

जीप दुर्घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.