जीप दुर्घटनामा तीनको मृत्यु

रिपोर्ट नेपाल | 2018 May 29 | 08:33 am 8673

डडेल्धुरा, १५ जेठ : डोटी जिल्लाको सिलगढीबाट धनगढीतर्फ गइरहेको से १ ज ३३० नं को जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

गन्यापधुरा गाउँपालिकाको गजरौलामा जीप दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट जानकारीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।

घटनाको थप विवरण आउन बाँकी छ । आज बिहान करीब ८ बजे उक्त जीप धनगढीका लागि छुटेको थियो । जीपमा कति जना सवार थिए भन्ने यकीन छ्रैन । उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक जोशीको नेतृत्वमा प्रहरी गइरहेको जनाइएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.