जीप दुर्घटनामा ज्यान जाने १० जनाको सनाखत

रिपोर्ट नेपाल | 2019 Dec 03 | 03:05 pm 2209

बागलुङ, मंसिर १७: बागलुङको भिमगिठेमा भएको जीप दुर्घटनामा ज्यान गुमाउने १४ जना मध्ये १० जनाको सनाखत भएका छ ।

सनाखत हुनेमध्ये गुल्मी इश्मा गाउँपालिका–५ का २५ वर्षीय रेशम थापा, माया थापा, ४० वर्षीया वसुन्धरा कार्की, इश्मा–४ की ४० वर्षीया सिता कार्की, ६५ वर्षकी भवि कार्की, ४५ वर्षकी भूमि कार्की, २५ वर्षकी मिना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की, नवलपरासी बर्दघाट नगरपालिका १ बस्ने ६० वर्षीय भुमा कार्की, बागलुङ बडिगाड गाउँपालिका ७ का ५५ वर्षीया नरमाया खत्रीको पहिचान खुलेको छ ।

अन्य चार जनाको परिचय खुलेको छैन । ज्यान गुमाएकाको बुर्तिबाङ अस्पतालमा पोस्टमार्टम गरी शव आफन्तलाई बुझाइने प्रहरीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका नवलपरासी बर्दघाट नगरपालिका–२ का १८ वर्षीय जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका–४ का ३८ वर्षीय हिमाल कार्की, २४ वर्षीया निमा केसीको ढोरपाटनस्थित बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको र हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए ।

दुर्घटनामा गुल्मी इश्मा गाउँपालिका–४ का १५ वर्षीय धनबहादुर कार्की बेपत्ता हुनुभएको छ । उहाँको खोजी कार्य भइरहेको जिल्ला प्रहरी प्रमुख नवराज भट्टले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.