काठमाडौं, माघ १३: सोमबार जीप दुर्घटनामा परी घाइते भएकाहरूलाई कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगाबाट हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याएका छन् ।
ओखलढुंगा जिल्लाको फेदीकोटमा आज बिहान बोलेरो जीप दुर्घटना भएको थियो । उक्त दुर्घटनामा एक जनाको मृत्यु भयो भने तीन जना गम्भी घाइते भएका थिए । मृत्यु हुनेमा फेदीकोट–५ का सन्तोष बिक रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकाहरुमा कुमारी बिक, अनिता बुढाथोकी र जितबादुर खत्री रहेको नेपाली कांग्रेसका युवा नेता खतिवडाले जानकारी दिए ।
घाइते तीन जनालाई काठमाडौंको ह्याम्प अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था गम्भीर रहेको नेता खतिवडाले बताए ।