जीतपुरमा दुई दिने जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता हुने

रिपोर्ट नेपाल | 2023 Feb 23 | 08:38 am 1349

  • रञ्जन यादब

बारा, फागुन ११ः बाराको जीतपुरमा दुई दिने जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता हुने भएको छ । नेपाल सितोरियो कराते शाखा डोजो जीतपुरले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बिषयमा जानकारी दिएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.७ जीतपुर स्थित शान्ति टोल खेल मैदानमा फागुन १२ र १३ गते कराते प्रतियोगिता हुने आयोजक डोजो शाखाका अध्यक्ष तथा प्रशिक्षक मनोज साहले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने बिजेतालाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपैया नगद, मेडल र शिल्ड प्रदान प्रदान गरिने अध्यक्ष साहले जानकारी दिए । पत्रकार सम्मेलनको उद्घाटन बरिष्ठ समाजसेवी घनश्याम गिरीले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.