जिवनदिप हेल्थ केयर प्रा.लि. मुर्कुचीमा उद्घाटन

रिपोर्ट नेपाल | 2022 Mar 10 | 09:06 pm 6665

  • शंकर रिखाम मगर

मुर्कुची (उदयपुर), फागुन २६ः उदयपुरको चौथौ व्यापारिक केन्द्र भनेर चिनिने नमुना मुर्कुची बजारमा जन समुदयलाई मध्यनजर गरी जिवनदिप हेल्थ केयर प्रा.लि.उद्घाटन गरिएको छ । रौतामाई गाउँपालिका वडा नम्वर, ७ का वडाध्यक्ष उत्तरकुमार मगरले उक्त जीवनदिप हेल्थ केयर उद्घाटन गर्दै रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका, ताप्ली गाउँपालिका, लिमचुङ्वुङ्ग गाउँपालिका र त्रियुगा नगरपालिकाको केही वडाहरु सहित ५ पालिका र अन्य पालिकाहरुका व्यक्तिहरुले उपचारको लागि सेवा लिन सकिने बताए ।

No description available.

रौतामाई गाउँपालिका बासी मात्र नभई अन्य छिमेकी पालिकाहरुको सर्व साधारण तथा अति विपन्न वर्गका समुदायले सामान्य खर्चमा उपचारको सेवा लिन पाउनु गर्वको कुरा भएको बताउदै अन्य टाढा गएर उपचार गर्न जान लाग्ने खर्चले मुर्कुचीमै सफल उपचार गर्न पाउँदा समय तथा आर्थिक बचतहुने रौतामाई गाउँपालिकाका नेपाली काङ्ग्रेस सभापति घमानसिंह थापा मगरले बताए ।

No description available.

सेवा ग्राहिहरुले राम्रो उपचार पाउनुको साथै बालबालिकाहरुको लागि बालमैत्री, अपाङ्ग मैत्री र जेष्ठ नागरिकहरुको लागि राम्रो व्यवस्थापन गरिनुपर्ने र समुदायका जनताहरुले सहि उपचार पाउनुपर्ने नेकपा माओवादी रौतामाई गाउँपालिका सभापती विरेन्द्रकुमार आले मगरले बताए ।

May be an image of 9 people, people sitting and outdoors

हाल रौतामाई ७ स्थित मुर्कुची बजारमा ४ वटा, राजवासमा १ वटा र पुवाँरेडाडा स्थित १ गरी ४ वटा मेडिकलहरु सन्चालनमा आइ रहेको छ ।

उक्त मेडिकलहरुमा सामान्य खालको रुघा खोकी, ज्वरो र पखालाको मात्र उपचार हुने भएकोले आजबाट समुदायलाई सेवा दिनको लागि जिवनदिप हेल्थ केयर सन्चालनमा ल्याइएको जीवनदिप हेल्थ केयर प्रा.लि.का सन्चालक राज घातानिले बताए । २४ सै घण्टा इमेर्जेन्सी सेवाको साथमा एक्सरे, इसिजी, भिडियो एक्सरे, ल्याव, अक्सिजन सेवा, नेवुलाइजेसन सेवा उपलब्ध हुने र फार्मेसी सेवाको साथमा बालरोग, महिलाहरुमा हुने सम्पूर्ण रोगको उपचार गराइने सन्चालक घतानिले बताए ।

No description available.

असाहय, अति विपन्न र अपाङ्ग नागरिकहरुले पालिका तथा वडाहरुबाट सिफारिस गरिएकी खण्डमा ओपिडी तथा ल्यावमा ५० प्रतिशत रकम छुट गराइने व्यवस्था समेत गरिएको सन्चालक घतानिले बताए ।

उक्त जिवनदिप हेल्थ केयरमा डाक्टर एमविविएस रामजिवन यादव, डाक्टर विएएमएस मनिसकुमार साह आयुर्वेद चिकित्सक पाइल्स फिस्टुला फिस्टुर रोग विशेषग्य, डाक्टर विडिएस निरजकुमार देव र आर के दासवाट उपचार गराइने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.