काठमाडौं मंसिर १६ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरस (कोभिड-१९) संक्रमणको अवस्था भयावह रहेको भन्दै सभा, जुलुस, प्रदर्शन र अभियान संचालन नगर्न विज्ञप्ति मार्फत आग्रह गरेको छ।
जिल्ला प्रशासनले काठमाडौंमा मानिसको भीडभाडका कारण कोरोना संक्रमण बढेर जाने भएकोले निकै चुनौति थपिएको जनाएको छ। विभिन्न माग राखी राजनीतिक तथा अन्य भीडभाडजन्य गतिविधि बढेकोले सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गर्न रोकलागाएको जनाएको छ। त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने भएकोले त्यस्ता भिडभाडजन्य गतिविधिहरू नगर्न/नगराउन आग्रह गरेको छ।
जिल्ला प्रशासनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्न गर गराउनू सबैमा आग्रह गरेको छ। प्रदर्शन गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने समेत जानकारी गराएको छ।