जिल्लाभित्रै सवारी सञ्चालन गर्न दिइएको पास गृह मन्त्रालयद्वारा खारेज गर्ने निर्णय

| 2020 May 14 | 05:40 pm 1858

काठमाडाैं, जेठ १ः यस अघि जिल्लाभित्रै सवारी सञ्चालन गर्न दिइएको पास पनि गृह मन्त्रालयले खारेज गर्ने निर्णय गरेको छ ।

बिहीबार गृह मन्त्रालयमा बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले जानकारी दिए अनुसार याे  निर्णय शनिबारबाट लागू हुने बताए ।

यसअघि नै गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेको छ । सवारी पास लिएर हिँडेका व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि गृहले कठोर निर्णय गरेको अधिकारीहरू बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.