जिप दुर्घटनामा दुईको मृत्यु, १४ घाइते

रिपोर्ट नेपाल | 2018 Oct 01 | 07:07 pm 2002

धनकुटा, असोज १५ : धनकुटाको साँँगुरीगढी गाउँपालिकाको हर्दियामा सोमबार बिहान जिप दुर्घटना हुँदा दुई यात्रुको मृत्यु भएको छ । साँगुरीगढी गाँउपालिका–१० ताम्राङबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को १ ज १८२१ नम्बरको जिप साँगुरीगढी–९ हर्दियामा दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा साँगुरीगढी–१० की ३९ वर्षीया सनमाया राई र पाँचथर घर भई सागुरीगढी १० मा छोरी ज्वाईसँग बस्दै आएकी ६१ वर्षीया देवीमाया सुनुवार रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए।

दुर्घटनामा १४ यात्रु घाइते छन्। उनीहरुलाई उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। ब्रेक फेल भएका कारण जीप दुर्घटना भएको प्रहरीको अनुमान छ। जिप भीरबाट करिब डेढ सय मिटर तल खसेको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। स्थानीयवासी र प्रहरीले घाइतेको उद्धार गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.