जिप्रका बाराका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर थापाको गाडी दुर्घटना

| 2020 Jan 03 | 12:35 pm 1614

मकवानपुर, पुस १८: जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर थापाको गाडी दुर्घटनामा परेको छ ।

निजि प्रयोजनका लागि काठमाडौं लिएर जाँदै गर्दा अधिकृत थापाको ना १ ज १५८५ नम्बरको स्कोर्पियो पिकअप भ्यान मकवानपुरको रातोमाटेमा दुर्घटना भएको हो ।

कलैयाबाट काठमाडौं हिडेको उक्त नम्बरको पिकअपलाई हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ८ ख ७२४४ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मानबीय क्षती नभएपनी सवारीमा भने क्षती पुगेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशाकीय अधिकृत थापा कार्यालयमा बिदा लिएर घर जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले बताए।

उनको ब्यक्तिगत प्रयोजनका लागि महागढीमाई नगरपालिकाले सवारी उपलब्ध गराएको बुझीएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.