काठमाडाैं, चैत ३ः जाली नोटको कारोबार गर्ने दुई व्यक्तिहलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रामेछाप खाँडा देवी गा.पा.वडा नं. ८ घर भई हाल काठमाडाैं माकलबारी
बस्ने वर्ष ३४ का छिरिङ लामा र दोलखा भिमेश्वर न.पा.वडा नं. ७ घर भई हाल काठमाडाैं सतुङ्गल बस्ने वर्ष २४ का सुरेन्द्र कार्की रहेका छन् ।
काठमाण्डौको कालोपुल एरियामा विभिन्न व्यक्तिहरुले नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने गोप्य सुचना यस कार्यालयमा प्राप्त भए पश्चात निगरानी गर्दै जाँदा यस कार्यालयबाट खटि गएको विशेष प्रहरी टोलीले मिति २०७९।१२।०१ गते अ. १९:०० बजेको समयमा का.म.न.पा. कालोपुलबाट उनीहरुलाई खोटा (नक्कली) जस्तो देखिने रु १ हजार दरको नेपाली नोट थान-६३६ जम्मा छ लाख छत्तीस हजार र नोटको साईजमा काटेको कागजको बण्डल थान-९ सहित नियन्त्रणमा लिईएकाे थियाे ।
मुलुकी अपराध सहिंता, २०७४ को परिच्छेद २२ को मुद्रा सम्बन्धि कसुरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।