काठमाडौँ ०४ भदौ / पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा अगस्ट २४ र २५ तारिखका दिन हुने वादोरियो कराँते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खेलाडीलाई बिदाइ गरेका छन्।
मंगलबार (आज) अध्यक्षले प्रचण्डले खुमलटारमा आयोजित एक कार्यक्रममा उनीहरूलाई बिदाइ गरेका हुन्। जापान टोकियोमा हुने “नवौँ वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४” मा नेपालको तर्फबाट खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाईबा, अनिल उपरकोटी र आरोन शेरचन सहित ६ सदस्यीय टोली सहभागी हुने छ।
अध्यक्ष प्रचण्डले खेलाडीलाई बिदाइ गर्दै मेडल ल्याउन नेपाली खेलाडीहरू सफल हुने विश्वास व्यक्त गर्नुका साथै सफलताको शुभकामना व्यक्त गरे। बिदाई कार्यक्रममा नेपाल वादोरियो कराँते डो संघका केन्द्रीय पदाधिकारी, नेपाल कराँते महासंघका उपाध्यक्ष श्याम शेर्पा र सचिव वीआरलगायत सहभागी थिए।