जापानमा ट्रिपरको ठक्करबाट एक नेपालीको मृत्यु

रिपोर्ट नेपाल | 2019 Apr 16 | 03:07 pm 1080

काठमाडौं, वैशाख ३ :  जापानमा ट्रिपरको ठक्करबाट  एक नेपालीको मृत्यु भएको छ । अध्ययनका लागि जापान गएकी नुवाकोटको शिवपुरी गाउँपालिका घर भएकी  ममता मोक्तानको क्याम्पस जाने क्रममा ट्रिपरको ठक्करबाट मृत्यु भएको हो ।

सन् २०१६ देखि जापान नागोया मेकेनको योकाईची सिटीस्थित योक्काईची अफ इन्फरमेशन एण्ड ल्यांव्गेज सेन्मोन गाग्गो कलेजमा अध्ययन गर्दै आएकी मोक्तानले १ महिना अघि मात्रै जापानमा बस्दै आएका पत्रकार राम तामाङसँग विवाह गरेकी थिइन् । मृतक ममताको माइती पर्सा जिल्लामा हो।

ट्रिपरको ठक्करबाट मोक्तानको घटनास्थलमै मृत्यु भएको हो । एक महिना अघि मात्रै नेपाल बसेर जापान गएकी थिइन् । राम तामाङ आदिवासी जनजाती विद्यार्थी महासंघ जापानका अध्यक्ष पनि हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.