-
पिताम्बर भण्डारी
वि.सं २०४५ सालमा स्थानीयले ढेडु बाँदर लखेटदै जाँदा जंगलको बिचको एउटा ओडारमा बाँदर पसेर ननिस्कीएपछि भित्र पस्दा अचम्मको स्थान फेला पर्यो ।

जसभित्र रहेका विभिन्न रोचक र रहस्यमय आकृतिहरु देख्दा स्थानीयहरु अचम्म मात्र हैन कुनै शक्तिले बास गरेको भन्ने अनुमान समेत लगाए ।
विचित्रताले भरिएको त्यो स्थानलाई स्थानीयहरुले विचित्र गुफा भनि नामाकरण गरे । सुरुमा गुफाभित्र प्रवेश गर्न निकै कठिनाइ हुँदा त्यहाँ जानका लागि सिढीको प्रयोग गरेर भित्र प्रवेश गर्नु पर्दथ्यो ।
अहिले गुफाको सजिलै अवलोकन गर्न सकिन्छ । यो विचित्र गुफा अहिले एउटा पर्यटकिय गन्तव्यको रुपमा परिचित भएको छ ।
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाको वडा नम्बर ५ वस्तु कमलावनमा रहेको यस गुफाको बारेमा थप जानकारी भिडियो बाट..