जाजरकोटमा जीप दुर्घटना: एकजनाको मृत्यु, एक गम्भीर घाइते

रिपोर्ट नेपाल | 2018 Oct 30 | 09:43 am 2811

जाजरकोट, कार्तिक १३ : जाजरकोटमा मंगलबार बिहान जीप पल्टिँदा एकजनाको ज्यान गएको छ । एकजना गम्भीर घाइते भएका छन् ।

कुशेगाउँपालिका ५ खुर्पामा बिहान साढे ६ बजे तिर भे १ ज ५५७ नम्बरको जीप पल्टिँदा चालक कमल परियारको घटनास्थलमा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एक जना भारतीय नागरिक घाइते भएका हुने । दुर्घटना भएको ठाउँ सदरमुकाम खलंगादेखि ३ घण्टा टाढा रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.