जाजरकोटमा चिसोले एक शिशुको ज्यान गयो 

| 2023 Nov 21 | 12:10 pm 137

सुर्खेत मंसिर ५/ गत कात्तिक १६ गते राति गएको भुकम्पबाट घर भत्किएर त्रिपालमा बस्न बाध्य भएपछि एक महिनाको शिशु सहित बस्दै आएका हुकुमबहादुर पुनलाई अर्को वज्रपात परेको छ।भेरी नगरपालिका वडा नम्बर २ का पुनकी एक महिने छाेरी निरूताकाे चिसाेका कारण निधन भएपछि पुनकाे त्यस्तो स्थिति भएको हाे।पुर्व वडा अध्यक्ष कालिबहादुर ओलीका अनुसार चिसाेका कारण विरामी परेकी निरूतालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियोे निमाेनिया बाट ग्रसित शिशुलाई तिनदिन अघि उपचारका लागि लगिएकोमा स्वास्थ्यमा सुधार नहुँदै एक महिनामै धर्ती छाडेको बताइएको छ।जाजरकोटमा अहिले पनि ५० भन्दा बढी बालबालिका विरामी परेका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.