काठमाडौँ, १३ वैशाख / पश्चिम नेपालकै प्रशिद्ध धार्मिक क्षेत्र रेसुङ्गाको पर्यटन प्रबर्द्धनमा गुल्मीको रेसुङ्गा नगरपालिकाले महत्वपुर्ण अभियानको शुभारम्भ गर्ने भएको छ । बैशाख २० गते बत्तीसपुतली अनुपम फुड्ल्याण्ड पार्टिप्यालेश काठमाडौँमा एक भब्य समारोहका बिच जाउँ हिड रेसुङ्गा अभियान २०८१ को शुभारम्भ गर्न लागेको हो।
गुल्मी जिल्ला पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्ला भएतापनि प्रचारप्रसारको कमीले ओझेलमा परेकोले पर्यटनको क्षेत्रमा टेवा मिलोस भन्ने हेतुले उक्त्त कार्यक्रमको आयोजना गर्न लागिएको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिल्ध्वज पन्थीले रिपोर्ट नेपाल अनलाइनलाइ बताएका छन् ।
उक्त्त समारोहको उद्घाटन सम्माननीय प्रधानमन्त्रि पुष्पकमल दाहाल (प्रचण्ड ) ले गर्ने छन्। साथै उक्त समारोहमा नेपाल सरकारका पर्यटनमन्त्रि हितबहादुर तामाङ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रि भानुभक्त जोशी, लुम्बिनी प्रदेशका मुख्यमन्त्रि जोग बहादुर महरा , माननीय डा चन्द्र भण्डारी, गोकर्ण बिष्ट र पुर्बमन्त्रिहरु प्रदिप ज्ञवाली, रामकुमारी झाक्रीका साथै प्रदेश सांसदहरु नेपाल सरकारका मुख्य सचिब, मन्त्रालयका सचिबहरुका साथै सबै बिशिस्ट व्यक्तित्व एवम सुभचिन्तकहरुको उपस्थिति रहने समाजशेबी धर्मराज पाण्डेले रिपोर्ट नेपाल अनलाइनलाइ जानकारी दिए।