जाँदै गर्दा डिआइजी बस्नेतले सात अधिकृतलाई गरे पुरस्कृत

रिपोर्ट नेपाल | 2020 Feb 12 | 03:43 pm 1762

हेटौडा, माघ २९: बागमती प्रदेश प्रहरी कार्यालयले सात जना प्रहरी अधिकृतलाई रेकर्डमा जनिने गरी पुरस्कृत गरेको छ । तत्कालिन प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृतलाई पुरस्कृत गरेका हुन् ।

पुरस्कृत हुनेहरुमा प्रहरी बरिष्ठ उपरीक्षक सन्दिप भण्डारी, प्रहरी उपरीक्षक धुर्वराज राउत, प्रहरी उपरीक्षक सुशिलसिंह राठौर, प्रहरी उपरीक्षक रबीकुमार पौडेल, अविनारायण काफ्ले, प्रकाश रानाभाट र प्रहरी निरीक्षक भोजराज पाण्डे रहेका छन् ।

प्रहरी बरिष्ठ उपरीक्षक भण्डारी बागमती प्रदेश प्रहरी तालिम केन्द्र सिन्धुलिमा कार्यरत रहँदा तालिम केन्द्रको भौतिक पूर्वाधार निर्माणलगायत अन्य रचनात्मक कार्य गरे बापत पुरस्कृत भएका हुने भने धुर्वराज राउतले बागमती प्रदेश दंगा नियन्त्रण गण हेटौंडामा कार्यरत रहँदा गणको जनशक्ति व्यवस्थापनलगायत कार्य गरेका थिए ।

त्यस्तै सुशिलसिंह राठौरले जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रमुख रहँदा विभिन्न अपराधिक घटनाको सफल अनुसन्धान गरे बापत पुस्कृत भएका हुन् । रबीकुमार पौडेल, अविनारायण काफ्ले र प्रकाश रानाभाटले व्यवसायिक प्रहरीको भूमिका निर्वाह गर्नुका साथै संगठनको काममा अहोरात्र लागे बापत पुरस्कृत भएका हुन् ।

त्यस्तै इलाका प्रहरी कार्यालय गजुरी धादिङमा कार्यरत प्रहरी निरीक्षक भाजराज पाण्डेले लागूऔषध चरेस र खरिद बिक्री गर्ने प्रयोजनका लागि ल्याइएको रकमसहित पाँच जनालाई नियन्त्रणमा लिए बापत पुरस्कृत भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.