जाँजरकोट, भदाै १५: अविरल वर्षापछि गएकाे पहिराेले भेरी नगरपालिका– २ स्थित तिमिलेमा घर पुरिँदा तीन जनाकाे मृत्यु भएको छ । पहिराेले स्थनीय दलबहादुर वलीको घर बगाएकाे हाे । पहिराेमा परी उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएकाे प्रहरीले बताए ।
आइतबार १ः४५ बजे आएको पहिरोले घर पुर्दा ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
पार्वतीका श्रीमान् दलबहादुर घर बाहिर सुतेका कारण बाँच्न सफल भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जनाए ।
जिल्ला प्रहरी कार्यालयबाट उद्धारका लागि टोली खटिएको, सशस्त्र प्रहरी पनि खटिएको जानकारी दिए । अहिले घटनास्थलमा उद्धारकार्य जारी रहेकाे छ ।