जहाजले नमानेपछि मध्यरात निर्मलाका बुबालार्इ जीपमा काठमाडौं ल्याइयो

रिपोर्ट नेपाल | 2018 Nov 25 | 08:05 am 2162

काठमाडौं, मंसिर ९: निर्मलाका बुवा यज्ञराज पन्तलार्इ जहाजले ल्याउन नमानेपछि मध्यरातमा जिपमा राखेर काठमाडौं ल्याइँदै छ।

उनले मानसिक अवस्था ठिक नभएपछि उपचारका लागि जहाजमा काठमाडौं ल्याउन लागिएको भएपनि जहाजले नमानेपछि धनगढीस्थित सेती अन्‍चल अस्पतालमा सामान्य उपचारपछि राति नै काठमाडौं ल्‍याइएको जनाइएको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको पहलमा एक जना चिकित्सक र तीन जना सुरक्षाकर्मीसहित उनलाई काठमान्डौ ल्याइएको मुख्यमन्त्रीका स्वकिय सचिव शिव सिंह ओलीले जानकारी दिए । अस्पतालको बेडमा नै बर्बराउदै भाग्‍न खोजेपछि लडेर उनको खुट्टा, घुँडामा समेत चोट लागेको बताइएको छ। छोरीको हत्यारा सार्वजनिक गर्नुपर्ने भन्दै धर्ना बसेका निर्मलाका बुवा यज्ञराजको होस सम्हाल्‍न छाडेका हुन्।

यज्ञराजको मानसिक सन्तुलन बिग्रिएपछि अहिले उनि बरर्बराउने , गाली गलौच गर्ने, झम्टिने, हातपात गर्न खोज्ने, मेरी छोरीका हत्यारालाई मार्छु भन्दै दौडिदै भाग्न खोज्ने जस्ता अस्वभाविक कृयाकलाप गर्न थालेका छन। दुई तीन दिनदेखि उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई धार्नास्थल मै महाकाली अन्‍चल अस्पतालको स्वास्थ्यकर्मीको टोली गई स्वास्थ्य जाँच गरेपछि उपचारका लागि काठमाडौं लैजान सल्लाह दिएका थिए। जिल्ला प्रशासन कार्यालय कन्‍चनपुरको गेटमा कात्तिक २५ गतेदेखि यज्ञराको परिवारसहित मानअधिकारकर्मी निर्मलाको न्याय माग्दै धर्नामा बसेका थिए। १३ वर्षीया निर्मलाको साउन १० गते बलात्कार पछि हत्या गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.