जस्ताेसुकै घेराबन्दी गरेपनि पार्टिले मुकाविला गर्ने – सभापति लामिछाने

रिपोर्ट नेपाल | 2023 Jun 10 | 01:40 pm 1937

काठमाडौं, जेठ २७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संघिय सांसद रवि लामिछानेले आफ्नो पार्टीले नेपाली नागरिकले नागकिरता पाउनु हुँदैन भनेर कहिल्यै नभनेको बरू सही ढंगबाट यसको व्यवस्थापन हुनुपर्ने कुरामा आफूहरुले जोड दिएको बताएका छन्।

सभापति लामिछानेले उक्त कुरा शनिवार अर्घाखाँचीबाट काठमाडौं उपत्यकामा विभिन्न पेशामा आबद्ध रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता भेलालाई सम्बोधन गर्दा बताएका हुन् ।

सभापति लामिछानेले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागकिरता विधेयक रोक्दा पनि आफ्नो पार्टीले विरोध गरेको र त्यसबेला संसदमा रहेका दलहरूले पनि अकर्मण्यता देखाएको बताए ।

उनले अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागकिरता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको बताए।

उनले वैवाहीक अंगीकृतका हकमा पनि यस नागकिरता विधेयकले बोलोस् भन्ने चाहेपनि संसदमा नलगिकन प्रमाणीकरण पठाउनुले सरकारको बाटो स्पष्ट भएको बताए।

‘हामीले वैवाहिक अंगिकृतका हकमा पनि यसले केही बोलोस् भनेका हौं। हामीले सही ढंगबाट आओस् भनेका छौं। हामीले नेपाली आमाका छोराछोरीले नागकिरता नपाउन् भनेर बोलेकै छैन,’ जन्मसिद्ध नागरिकले नागकिरता पाउनुपर्छ भनेका छौं।

छोटो समयमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रति जनताको आकर्षणबाट तर्सिएका राजनीतिक दलहरुबाट आफ्नो पार्टीमाथी चौतर्फी आक्रमण भएको र आगामी चुनावमा विजयी हासिल गर्ने अवस्था देखिएपछि पार्टीविरूद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको बताएका छन्। जतिसुकै बाधा र अडचन पैदा गरेर घेराबन्दी गरेपनि पार्टिले मुकाविला गर्ने लामिछानेको भनाई रहेको थियो ।

‘तपाईहरूलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ। हो नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्,’ उनले भने, ‘सातो जाने खालको छ तर हामी डराउँदैनौं। २०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्नेकुरा आम जनताले घरघरमा महशुस गरिसकेको लामिछानेले दावी गरेका छन्।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.