मानिसको गतिविधि या हरेक अंग मस्तिष्कको इसारमा चल्ने गर्छ । तसर्थ, मानिसका लागि मस्तिष्क निकै महत्वपूर्ण हुन्छ । त्यसैले मस्तिष्कलाई क्षति नपुगोस् भन्ने कुरामा सधैँ चनाखो हुनुपर्छ । मस्तिष्कलाई असर पर्ने तत्व थुप्रै हुन्छन् । त्यस विषयमा सजग हुनु आवश्यक छ । मस्तिष्कलाई असर पर्ने केहि कारणबारे मनोविद्ले बताएका छन्:
तनाव
दिमागलाई असर पार्ने एउटा कारण भनेको तनाव अर्थात् स्ट्रेस हो । स्ट्रेस क्रोनिकले मसतिष्कमा कर्टिसोल हर्मोन बढाउँदै लैजान्छ । र, बिस्तारै स्ट्रेस फैलन जान्छ । जसका कारण मस्तिष्कमा आघात पुग्छ ।
फ्री र्याडिकल
फ्री र्याडिकल टेक्निकल टर्म हो, जसले मस्तिष्कमा आघात पुर्याउने काम गर्छ । यसले मस्तिष्कको सेललाई मार्ने काम गर्छ । अनि मस्तिष्कमा असर पुग्छ । यसकै कारण मेमोरी लस, मुड डिसअर्डर, सेनस लगाएतका समस्या हुने गर्छ । यस्तै, यसले क्रोनिक स्ट्रेस , मेन्टल डिसअर्डर, डिप्रेसनलगाएतका समस्या पनि निम्त्याउने गर्छ । यो तनावसंग पनि जोडिएको हुन्छ ।
दुर्घटना
दुर्घटना हुँदा चोटले गर्दा पनि दिमागमा असर पुग्छ । खासगरी, शरीरका केही भागमा चोट लाग्दा पनि कुनै न कुनै मात्रामा त्यसको असर मस्तिष्कमा पर्न जान्छ । मस्तिष्क चोट लाग्दा पनि असर पर्छ ।
मदिरा र लागुपदार्थ
मदिरा र लागुपदार्थ पनि मस्तिष्कलाई अत्याधिक असर पर्ने एउटा ततव हो । धुम्रपानले पनि मस्तिष्कमा असर पुर्याइरहेका हुन्छ ।
हर्न, कोलाहल
अत्यधिक कोलाहलले मानिसमा स्ट्रेस बढाउने काम गर्छ । र, मानिस इरिटेड हुन थाल्छ । जसले दिमागमा पनि प्रत्यक्ष असर पुर्याइरहेको हुन्छ । या भनौ मस्तिष्कलाई खलल पार्छ । यसले कानको जालिमा पनि उत्तिकै असर पार्छ । किनकि कानको पनि आफ्नै लिमिटेसन हुन्छ । बढी चर्को र निकै सानो आवाजले कानलाई असर पुर्याउँछ । जसका कारण मानिसमा रक्तचाप पनि बढ्न थाल्छ ।
मोबाइलको बढी प्रयोग
पछिल्लो समय कतिपय मानिसले मोबाइलमा अत्याधिक समय बिताउने गर्छन् । यसबाट निस्केको रेहरुले मस्तिष्कमा असर पुर्याइरहेको हुन्छ । राति सुत्ने
बेला बढी मोबाइल चलाउँदा त झन बढी असर गर्छ । सिरानी वा टाउको नजिकै मोबाइल राखेर सुत्ने बानी गर्नुहुँदैन ।
एनिन्जाइटी डिप्रेसन
एनिन्जाइटी डिप्रेसनले पनि मस्तिष्कमा असर पुर्याइरहेको हुन्छ । कतिलाई डिप्रेसन नै दिमागको असर हो भन्ने लाग्ला तर त्यस्तो होइन मानिसलाई डिपे्रसन भएमा यसले मनलाई असर गर्छ । अनि मानिस निरास हुन थाल्छ र ब्रेनका भागहरु असन्तुलित हुन थाल्छन् ।
विषदीयुक्त खाना
हाम्रो शरीरसंग खानाको सीधा सम्बन्ध हुन्छ । असन्तुलित र अस्वस्थकर खानाले पाचन प्रणलीमा हानी पुर्याउने गर्छ । अत्यधिक विषादीयुक्त खानाले त शारीरिकका साथै मानसिक असर पनि पर्न जान्छ । यस्ता खाद्यपदार्थले शरीरमा असर पार्छ र त्यस्ता असर रगतका माध्यमबाट मस्तिष्कमा पनि पुग्छ । यस्ता खानाले मानिसमा तनाव बढाउने पनि काम गर्छ । जसले गर्दा मस्तिष्कमा आघात पुग्छ । आदर्श प्रधान (मनोविद्)