काठमाडौं २४ असार / अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी मन्त्रीहरुले दिएको राजीनामा स्वीकृत भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानलेले बुझाएको राजीनामा स्वीकृत भएको छ ।
योसँगै प्रधानमन्त्री प्रचण्डको काँधमा १० वटा मन्त्रालयको जिम्मेवारी आएको छ । एमालेका मन्त्रीहरुले राजीनामा बुझाएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परिसकेका छन् ।