जबर्जस्ती गर्दैगर्दा प्रहरीद्वारा महिलाको उद्धार

रिपोर्ट नेपाल | 2018 Aug 20 | 06:19 am 1903

एक युवतीलाई बजार नजिककैको जंगलमा लगेर जबर्जस्ती गरिरहेको अवस्थामा बुटवलका एक स्थानीय प्रहरीको फन्दामा परेका छन् । जंगलभित्र जबर्जस्ती करणीको प्रयास गर्न खोजिरहेको अवस्थामा फेलापरेर महिलाको उद्धार गरिएको प्रहरीले जनाएको हो ।

बुटवल उपमहानगरपालिका–२ तल्लो फूलबारीको जङ्गलमा पुर्याई जबर्जस्ती गर्न खोज्ने रुपन्देही देवदह नगरपालिका–३ वसन्तपुरका ३७ वर्षीय देवीलाल खनाललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । गत शनिबार बेलुका प्रहरीले पीडित महिलालाई बेहोस अवस्थामा उद्धार गरेको प्रहरीको भनाई छ ।

बताइएअनुसार पीडित महिला प्युठानकी हुन् । प्युठान रजवार–६ बस्ने अन्दाजी २४ वर्षीया महिलालाई बेहोस अवस्थामा उद्धार गरी लुम्बिनी अञ्चल अस्पताल उपचारपश्चात् वडा प्रहरी कार्यालय बुटवलमा राखी थप अनुसन्धान भइरहेको र उनका आफन्त बोलाएर जिम्मा लगाइने छ । प्रहरी नियन्त्रणमा रहेका खनाललाई चाहिँ जबर्जस्ती करणी उद्योगमा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाउको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.