जबरजस्ती चन्दा उठाउने एक जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Feb 07 | 04:03 pm 1799

काठमाडौं, माघ २४ :  विभिन्न किसिमका बाहानामा चन्दा संकलन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं किर्तिपुर नयाँ बजार बस्ने भोजपुर घर भएका ३० वर्षीय मनोज श्रेष्ठ रहेका छन् ।

उनलाई नगद ९ हजार ३ सय २५ रुपैयाँसहित बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौडाबाट जबरजस्ती चन्दा उठाउँदै गर्दा प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले हात्तीगौडास्थित ध्यान साधना केन्द्रको नाममा विभिन्न पसलहरुमा जबरजस्ती चन्दा उठाउँदै हिँडिरहेको अवस्थामा श्रेष्ठलाई फेला पारी पक्राउ गरेको हो ।  यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.