जबरजस्ती करणी गरेको अभियोगमा २ पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 03 | 12:35 pm 1977

काठमाडौं , असोज १७ : जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं र दार्चुलाबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका ४ पुरानो गुहेश्वरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका ८ का २४ वर्षीय रमेश नेपाली दमाईलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका १६ बोहराटार बस्ने बाँकेकी २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त वालाजुको प्रहरीले रमेशलाई पक्राउ गरेको हो ।

त्यस्तै दार्चुला शैलेशिखर नगरपालिका ४ मल्लो काँडापारी रवाली बस्ने १७ वर्षीया किशोरीलाई सोमबार जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय जयसिंह बोहोरालाई प्रहरीले पक्राउ गरेको हो । किशोरी घरमा एक्लै भएको अवस्थामा जयसिंहले जबरजस्ती करणी गरेको बताएको छ ।

यस सम्बन्धमा दुबैलाई स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.