पाँचथर, जेठ २१ः १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा तुम्वेवा गाउँपालिका-४ ओलनेका ४० वर्षीय रमेश शर्मा रहेका छन् ।
ओखरबोटे जंगलको छेउमा बाख्रा चराईरहेको अवस्थामा शर्माले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मौवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हाे । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएकाे छ ।