जनमत पार्टीका अध्यक्ष सिके राउतसहित माइतीघर मण्डलाबाट पक्राउ

| 2024 Jan 01 | 10:56 am 341

काठमाडौं ,पुष १६ / जनमत पार्टीका अध्यक्ष सिके राउतसहित माइतीघर मण्डलाबाट धोती दिवस मनाउने क्रममा पक्राउ परेका छन् ।

धोती दिवस मनाउन ब्यानरसहित माइतीघर पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा जनमतका अध्यक्ष राउत, सचिव बिपी साह लगायतलाई पक्राउ गरेको छ । नियन्त्रणमा लिई उनीहरुलाई पुलिस क्लबमा राखिएको छ ।

स्थानीय प्रशासनले यस अघिनै माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.