जनप्रतिनिधि र प्रहरीको एक्यबद्धतामा सरसफाइ

| 2018 Aug 16 | 07:21 pm 3037

काठमाडौं, साउन ३१ : सुरक्षामा अहोरात खटिने प्रहरीले मंगलबार परेको अविरल वर्षका कारण देवी नगर विजुलिबजार आसपासका क्षेत्रमा जमेको हिलो फालेर सरसफाइ गरेको छ । उक्त सरसफाइ  कार्यलार्इ सामाजिक र मानवीय कार्य भएको प्रदेश सभाका सांसद दिपेन्द्र श्रेष्ठले बताए । बिहीबार रिपोर्ट नेपालसँगको विशेष कुराकानीमा सांसद श्रेष्ठले प्रहरीले मानवीय कार्य गरेको बताएका हुन् ।

वार्षिक १३ अर्ब रुपैयाँ बजेट चलाउने काठमाडौं महानगरपालिकाका मेयरले मंगलबार आएको धोबी खोलाको बाढीकाे कारण खोला आसपासमा डुबान हुँदा बुधबार बिहानै स्वयम् सरसफाइमा खटिनु पर्ने र राहत वितरण गर्नु पर्ने दायित्वबोध नगरेको  सांसद श्रेष्ठले आरोप लगाए ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोज न्याउपाने र महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरका  प्रहरी नायब उपरीक्षक (डिएसपी)  विशेष सक्रियतामा बिहीबार नेपाल प्रहरीको डोजर, महानगरपालिकाका र सडक विभाग कार्यालयको स्काइभेटर प्रयोग गरेर डुबान परेको क्षेत्रको हिलो फालेर सरसफाइ कार्य गरेकोमा त्यसको मुक्तकण्ठले प्रशंसा गर्नु पर्ने सांसद श्रेष्ठले बताए । प्रहरीको अधिकार भन्दा बाहिरको कुरालाई पनि प्रहरीले उच्च महत्त्व दिएकोमा सांसद श्रेष्ठले प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।

सरसफाइ कार्यक्रममा प्रदेश सांसद दिपेन्द्र श्रेष्ठ , डिआइजी मनोज न्यपाउने, डिएसपी गोविन्द राज काफ्ले लगायत स्थानीय जनप्रतिनिधि र सामुदायिक प्रहरीका कर्मचारीको उपस्थित रहेको थियो । प्रहरीको सक्रियतामा सरसफाइ गरेपछि स्थानीय सर्वसाधारण जनतालाई ठुलो राहत मिलेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.