रामपुर, ४ असार : निस्ती गाउँपालिका स्थित रहेको प्रहरी चौकी रुक्से भञ्न्ज्याङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । निस्ती गाउँपालिका ४ नं वडा कार्यालयको आयोजनामा आज बिहान आयोजित एक कार्यक्रममा स्थानीय जनप्रतिनिधि,स्थानीय नागरिक समाजसँग आबद्ध व्यक्तित्व, महिलाबिच अन्तरक्रिया कार्यक्रम भएको हो ।
आयोजित एक कार्यक्रममा स्थानीय जनप्रतिनिधि,स्थानीय नागरिक सह समाज सँग आबद्ध व्यक्तित्व, महिला तथा गाउँपालिका स्थित अन्य कार्यालयहरूमा कार्यरत प्रमुख तथा कर्मचारीहरू समेतकोभागितामा थिए ।
सो गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर शारुको प्रमुख आतिथ्यता, वडा नं ४ का वडाध्यक्षको अध्यक्ष्यता र इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेयको आतिथ्यतामा इलाकाको सुरक्षा विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको सुरुवातमा इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेयले उक्त इलाकामा रहेका नागरिकहरूको घरघरमा पुगी “घरदैलो अभियान” समेत गरी सुरक्षा सँग सम्बन्धित विषयहरूमा नागरिकलाई कुनै किसिमको असुरक्षित वातावरण उत्पन्न हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुका साथै खबरको श्रोतको रूपमा रहेको नागरिकको समाजलाई सम्बन्ध बिस्तार र सुरक्षा सुदृढ गर्ने कार्यमा सहयोग गर्न आव्हान समेत गरेका छन् ।
उक्त कार्यक्रममा अं ६० जना स्थानीयहरूको उपस्थिति रहेको थियो भने कार्यक्रम करिब २ घण्टा सम्म चलेको थियो ।