जनताले पार्टीलाई विश्वास गरे तर नेतृत्वले सही नीति लिएन : सिटौला

रिपोर्ट नेपाल | 2018 Jun 02 | 04:30 pm 3422

चितवन १९ जेठ : कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले जनताले पार्टीलाई विश्वास गरेको तर नेतृत्वले सही नीति नलिएको बताएका छन् । शनिबार भरतपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नेतृत्वले सही नीति नलिएको बताएका हुन् ।

‘नाकाबन्दी गर्‍यो भन्दै ठुलो स्वरमा बोल्दै हिड्ने एमाले र ओली हुन् तर नाकाबन्दी गर्ने बेलामा सिमानामा धर्ना दिने को को हो सबैलाई थाहा छ । हृदयस त्रिपाठी र राजेन्द्र महतो नै हुन् नि धर्ना दिने तर पछि हृदयस त्रिपाठी सूर्य चुनाव चिन्ह लिएर उठ्ने, महतो वाम गठबन्धनको सहयोगमा चुनाव जित्ने,’ सिटौलाले भने ।

एमालेले मेची–महाकाली अभियान चलाउँदा मधेसमा महन्थ ठाकुर र उपेन्द्र यादवले एमालेलाई छिर्नै नदिएको तर अहिले उपेन्द्र वाम सरकारमा मन्त्री नै भएको अनौठो घटना देख्नु परेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.