काठमाडौँ ३० फागुन / बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनतालाई धोका दिएर बनेको गठबन्धन सरकारलाई विश्वासको मत नदिने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको विश्वासको प्रस्तावमाथि छलफलमा भाग लिँदै महामन्त्री शर्माले विगतमा जनताका बीचमा गरेका बाचा तोडेकाले प्रचण्डलाई विश्वासको मत नदिने बताएका हुन्।
महामन्त्री शर्माले म मेरो पार्टीको तर्फबाट जानकारी गराउन चाहन्छु, मंसिर ४ गते जनताको बीचमा गरिएका बाचा बन्धनलाई तोडेर, जनतासँग गरेको गठबन्धनलाई छोडेर, जनतालाई दिएको धोकापछि अर्को गठबन्धन बनाएर जाँदै गर्दा जनताले गरेको मंसिर ४ को जनमतको जगमा विश्वासको मत दिन सक्दैन।’
उनले मंसिर ४ को विश्वासलाई खण्डित गराइसकेपछि फेरि विश्वासको मत दिन मिल्छ ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे। शर्माले प्रचण्डले संसदमा प्रस्तुत गरेका कांग्रेससँग गठबन्धन तोड्नुको कारणहरूमा तुक नभएको आरोप लगाएक थिए ।