जनतालाई दसैंमा चामल छैन, सांसदलाई भत्ता

रिपोर्ट नेपाल | 2021 Oct 10 | 08:28 am 113

सुर्खेत, असोज २४ः दसैंको मुखमा कर्णालीमा चामलको हाहाकार छ । अधिकांश खाद्य डिपो रित्ता छन् । कतिपय डिपोमा सिमित चामल उपलब्ध भएर पनि विपन्न नागरिकले आर्थिक अभावमा किन्न सकेका छैनन् । तिनै नागरिककको मत्त पाएर नीति निर्माण गर्ने तहमा पुगेका मन्त्री र सांसदले भने दसैं भव्य बनाउन सरकारी ढुकुटीबाट भत्ता बुझिसकेका छन् ।

मुख्यमन्त्री, मन्त्री र सांसदहरुले १८ लाख १३ हजार नौ सय ७० दसैं भत्ता बुझिसकेका छन् । २७ सांसदले प्रदेश सभाबाट १३ लाख ८९ हजार तथा मुख्यमन्त्री र मन्त्रीहरुले चार लाख २४ हजार नौ सय ७० भत्ता बुझेका छन् ।

कर्णालीबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरुले भने दसैंभत्ता बुझ्न पाएका छैनन् । कानुन नभएको भन्दै संसद सचिवालयले सांसदहरुलाई भत्ता दिएको छैन् । विपन्न नागरिकले नपाएर पनि राजीनतिक पहुँच भएका व्यक्तिलाई भने उपलब्ध थोरै चामल पनि सहजै प्राप्त हुने गरेको छ । नयाँ पत्रिका दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.