जनताको आवश्यकता अनुसार बजेट निर्माण गरौं : चन्द्र भण्डारी

रिपोर्ट नेपाल | 2024 Mar 18 | 04:43 pm 797

काठमाण्डौ ०५ चैत / सोमबार आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा बोल्दै नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले जनताको मागअनुसार बजेट वितरण हुनुपर्ने सुझाव दिएका छन्। कांग्रेस सांसद भण्डारीले जनप्रतिनिधिको माग अनुसार नभइ जनताको आवश्यकताअनुसार बजेट ल्याउनुपर्ने सुझाव दिएका हुन्।

कांग्रेस सांसद भण्डारीले बजेट छुट्याए पनि कामहरू समयमा नहुने गरेको भन्दै आपत्ती जनाए। नेता भण्डारीले बन्द भएका कलकारखाना तथा उद्योगहरू खुलाउनतिर सरकार गम्भीर नभएको बताए। सधै प्रत्येक वर्ष बजेट प्रस्तुत गरिन्छ । तर जनताको आवश्यकता अनुसार र जनताले चाहे अनुरुपको बजेट आउदैन। कांग्रेस सांसद भण्डारीले भने जनताले चाहे अनुसारको बजेटलाई प्राथमिकता दिउ तर जनप्रतिनिधिले मागे अनुसार बजेट दिनुहुँदैन। ‘

कांग्रेस सांसद भण्डारीले बोल्दै ‘उद्योग धन्दाहरू छन्। तर नेपालमा उत्पादन हुँदैनन्। उत्पादन त जंकफुडहरू मात्रै हुन्छन्। सरकारले उद्योगमा मनिटर गर्दैन। नेपालका डाक्टरहरू भन्छन् जंकफुडको प्रयोग गरियो भने अबको १० वर्षमा जन्मिने बच्चाहरू १० वर्षको उमेरमा सुगर हुन्छन् भन्छन्,’उनले भने,’हामीले हाम्रो भविष्य त केही गर्न सकेनौं । भोलिको भविष्य पनि बर्बाद गरिरहेका छौं। ‘

नेपाल विश्वकै सुन्दर देश भएपनि गरिबको सूचीमा परिणत हुँदा दु:ख लाग्ने गरेको कांग्रेस सांसद भण्डारीले बताए।  हामी विश्वका सबैभन्दा सुन्दर देश सबैभन्दा गरिब एसियामा ? के हामीले खोजेको सिस्टम यही हो ? यस्तै कुरामा समीक्षा गर्ने कि नगर्ने ?

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.