‘एक दिने गर्भवती’ !

रिपोर्ट नेपाल | 2018 Jun 05 | 07:26 pm 4942

पोखरा, २२ जेठ : सामान्य कार्यक्रममा पनि जनप्रतिनिधि र कर्मचारीहरूले चरम लापरबाही गरेको पाइएको छ । पोखरा लेखनाथ महानगरपालिका १७ का जनप्रतिनिधि र कर्मचारीहरूले सामान्य कार्यक्रममा पनि चरम लापरबाही गरेका पाइएको हो ।

महानगरपालिका वडा नम्बर १७ ले गत सोमबार गररेको कार्यक्रको ब्यानरमा ‘एक दिने गर्भवती’ लेखिएको छ । ब्यानरमा ‘गर्भवतीहरुका लागि एक दिने जनचेतना कार्यक्रम’ लेख्नु पर्नेमा ‘एक दिने गर्भवतीहरुको लागि जनचेतना कार्यक्रम’ लेखिएको छ ।

एक दिने गर्भवती महिला ब्यानरमा लेखेपछि यसले अर्कै अर्थ दिने भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना हुन थालेको छ । एउटा सानो कार्यक्रमका लागि बनाइएको ब्यानरमा यतीससम्म लापरबाही हुन्छ भने अरू ठुला कार्यक्रम र विकासको आयोजनामा कतिसम्म लापरबाही होला ?  जनप्रतिनिधिले कसरी काम गर्लान् ?

यसले गर्दा जनप्रतिनिधि तथा कर्मचारीहरू हाँस्याष्पद बनेका छन् । जनप्रतिनिधिहरूले ब्यानर हेरेनन् ?  कि जानी जानी नै यस्तो बाइएको हो ?  यस्तो सामाजिक काममा पनि यस्तो अर्थ लाग्ने ब्यानर बनाउन कतिको जायज होला ?

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.