जनकपुर र मुक्तिनाथ भ्रमणले उल्लेख्य योगदान पुगेको भन्दै मोदीलाई लुम्बिनी भ्रमणको निम्तो 

रिपोर्ट नेपाल | 2018 Sep 01 | 06:18 am 1906

काठमाडौं, भदौ १६ : धर्मशालाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणको निम्तो दिएका छन् ।

प्रधानमन्त्री मोदीको अघिल्लो पटक जनकपुर र मुक्तिनाथ मन्दिरको भ्रमणले नेपालको पर्यटनमा उल्लेख्य योगदान पुगेको उल्लेख गर्दै उनले भने “तपाईंको लुम्बिनी भ्रमणले बुद्धको जन्मस्थल, बुद्ध धर्मको महत्व र लुम्बिनीलाई बुद्धदर्शनको मुहानका रुपमा विश्वव्यापीरुपमा चिनाउन थप मद्दत मिल्नेछ ।”

मोदी प्रधानमन्त्री भएपछि चौथो पटक नेपाल भ्रमण गर्नुभएकामा प्रधानमन्त्री ओलीले प्रशंसा गर्दै यसबाट आपसी आत्मीय सम्बन्ध अझ मजबुत हुँदै गएको बताउँदै आफू पनि दुई पटक औपचारिक भ्रमणमा भारत गएको स्मरण गरे ।

यसअघिका भ्रमणमा मोदीले उठाएका आपसी सहयोग र सद्भावका कुरा क्रमशः व्यवहारमा देखिएकामा नेपाल प्रशन्न भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “यसअघिका भ्रमणमा देखाउनुभएको सद्भाव र मित्रता अहिले प्रकट भइरहेको महशुस गरेका छौँ”, प्रधानमन्त्री ओलीले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.