जनकपुर प्रसंगमा भारतीय विदेशमन्त्री स्वराजले माफि मागिन्

रिपोर्ट नेपाल | 2018 May 29 | 01:31 am 2651

काठमाडौं, जेठ १५: विवादास्पद अभिव्यक्तिको आलोचना भएपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माफी मागेकी छन् । उनले आफूबाट गल्ती भएको भन्दै टि्वटरमार्फत् माफी मागेकी हुन् । स्वराजले ‘जनकपुरमा लाखौं प्रवासी भारतीयलाई मोदीले सम्बोधन गरेको’ भन्ने अभिव्यक्तिका लागि माफी मागेकी हुन्।

भारतीय विदेश मन्त्रालयको एउटा कार्यक्रममा सोमबार उनले प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको मेडिसनदेखि जनकपुरको मैदानसम्म पुगेर लाखौं भारतीय समुदायलाई सम्बोधन गरेको उल्लेख गरेकी थिइन्। ‘आजभन्दा पहिले कुनै पनि भारतीय प्रधानमन्त्रीले भारतीय समुदायसँग जोडिने गरी सम्बोधन गरेका थिएनन्, उनले भनेकी थिइन्, ‘नरेन्द्र मोदी यस्तो प्रधानमन्त्री हुन् जसले अमेरिकाको मेडिसनदेखि जनकपुरको मैदानसम्म लाखौं लाख भारतीयलाई सम्बोधन गरेर उनीहरुसँग सिँधै जोड्ने काम गर्नुभएको छ।’

भारतीय विदेशमन्त्रीको सो भनाईको नेपालीले सामाजिक सञ्जालबाट विरोध गरेका थिए। ट्विटर प्रयोगकर्ता सर्वसाधारण, नेकपा एवं नेपाली कांग्रेसका नेता समेत स्वराज भनाइको विरोधमा उत्रिएका थिए।

स्वराजले आफूले बोलेको भिडियोमा कोट ट्विट गर्दै लेखेकी छिन्, ‘यो मेरोतर्फबाट गल्ती भयो। त्यसका लागि म क्षमा चाहन्छु।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.