धनुषा, असोज १ः जनकपुरधाम–कुर्था–जनकपुर–जयनगर चल्ने रेल जयनगर आइपुगेको छ। रेल बिहीबार साँझ भारतको जयनगर स्टेशनमा आइपुगेको हो।
भारतमा निर्मित रेल जनकपुर–जयनगर चल्ने सम्भव भए भोलि नत्र हप्ता भित्र रेल आउने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए।

उक्त रेल नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार गरी भारतको बिहार स्थित हाजीपुर स्टेसनबाट जयनगर आइपुगेको हो।
झण्डै दुई वर्ष देखि रेल आउने भनेपनि आएको थिएन तर अब जयनगर सम्म रेल आइसकेकोले अब रेल संचालनमा आउने स्थानीय विश्वस्त भएका छन्।