धनुषा, पुस ७: जनकपुर उपनगरपालिकाको वडा नम्बर ४ कार्यालय नजिक शंकास्पद वस्तु फेला परेको छ ।
राति २ बजे नै उक्त संकास्पद वस्तु देखिएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । संघीय प्रहरी कार्यालय भन्दा झन्डै दुइ सय मिटर छेउमा उक्त संकास्पद वस्तु रहेको प्रहरीले जानकारी दिए ।
बिहानैदेखि उक्त क्षेत्रमा प्रहरीले घेरा हालेर आवतजावत बन्द गरेको थियो । उक्त बस्तु बम भएको आशंका भएकाले बम नेपाली सेनाको डिस्फोजल टोली बोलाइए डिस्पोज गरिएको थियो ।
सो शंकास्पद वस्तु बम नभएर कसैले तर्साउनका लागि राखिएको वस्तु रहेको खुलेको छ । चाड पर्वको बेला प्रयोग भएको मूर्तिको अंश कसैले बाटोमा राखेको जनाइएको छ ।