काठमाडौं,साउन २५: राजधानीको एक रेष्टुरेन्टमा काम गर्ने एक युवती आज शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित डेरा गरी बस्ने २१ बर्षीय संगिता आफ्नै कोठाको विस्तारामा मृत अवस्थामा भेटिएकी हुन् ।
उनले जडिबुटीमा संचालित रोमान्स रेष्टुरेन्टमा काम गर्ने गरेको बुझिएको छ । सिन्धुपाल्चोक चौतारा नगरपालिका–७ घर भएकी संगिताको मृत्युको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।