जङ्गली हात्ती छेक्न लगाइएको करेन्ट लागेर एक महिलाकाे मृत्यु

| 2021 Jun 15 | 06:33 pm 465

झापा, असार १ः जङ्गली हात्ती छेक्न खेतमा लगाइएको करेन्ट लागेर बुद्धशान्ति गाउँपालिका ३ की ४८ वर्षीया विष्णुमाया बास्कोटाको मृत्यु भएको छ ।  आज बिहान ५ बजे घर नजिकै आफ्नै खेतमा लगाइएको विजुलीको नाङ्गो तारमा करेन्ट लाग्दा उनी घाइते भएकी थिइन् ।

घाइते बास्कोटाको उपचारको क्रममा बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्लामा हात्ती धपाउन लगाइएको बिजुलीको तारबाट करेन्ट लागेर यस अघि चारजनाको मृत्यु भएको छ । जसमध्ये दुई जना बुद्धशान्ति गाउँपालिकाकै रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.