जङ्गली च्याउ खाएर इलाममा दुईजनाको मृत्यु

| 2021 Jun 08 | 02:31 pm 185

इलाम : जङ्गली च्याउ खाएर इलाममा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सन्दकपुर गाँउपालिका–१ खोलाघारीका ५० वर्षीय टिका बहादुर राई र सोहि स्थानका ५२ वर्षीय जित बहादुर राई रहेका छन् ।

गत जेठ २२ गते च्याउ खाएर बिरामी परेका ४ जना मध्ये उनीहरूको उपचारकै क्रममा झापाको बिएण्डसी अस्पतालमा मृत्यु भएको हो।

च्याउ खादा इलाम नगरपालिका ३ पुवामझुवाका ३५ वर्षीय वीरमान राई उनकी श्रीमती ३२ वर्षीया बिष्णु कुमारी राई समेत बिरामी भई बिएण्डसीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.