काठमाडाैं, साउन १९ । विभिन्न बहाना बनाई रकम लिई ठगी गर्ने ललितपुरका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा ललितपुर हरिसिद्धि २८ बस्ने वर्ष ३४ को राम महर्जन रहेका छन् । उनले जग्गा दिने लगायतका विभिन्न बहाना बनाई रकम लिई ठगी गरेको खुलेको हो । हालसम्म पाँच जना पिडीतहरुबाट २ करोड ९४ लाख बराबरको रकम ठगी तथा बैंकिङ कसुर गरेको अनुसन्धानबाट खुलेको प्रहरी परिसर ललितपुरले जनाएको छ ।
यस सम्बन्धमा अन्य कोही कसैलाई ठगी गरेको भए समयमा नै उजुरी गर्न परिसरले अनुरोध समेत गरेको छ।