जंगली बँदेल मारेको अभियोगमा पाँच जना पक्राउ

| 2020 Nov 03 | 03:46 pm 2881

काठमाडौं, कात्तिक १८ः जंगली बँदेल मारेको अभियोगमा चन्द्रागिरी नगरपालिका-४ सेतेपहराबाट  ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिका-९ चितलाङका ५० वर्षीय रामदास देउला, २१ वर्षीय सरोज देउला, ४१ वर्षीय भिमदास पोडे तथा ३६ वर्षीय रामचरण पोडे र सोही नगरपालिका-२ बस्ने २२ वर्षीय राजेश देउला रहेका छन् ।

चन्द्रागिरी नगरपालिका-४ सेतेपहरा थानकोटस्थित जंगलमा जंगली बँदेल मारी ओसारपासर गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टाेलीले मृत अवस्थामा रहेको जंगली बँदेल बोकी लैजान लागेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको वृत्तले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.