छोरीको हत्यारालाई कारबाहीको माग गर्दै निर्मला पन्तका आमाबुवा अनिश्चितकालिन धर्नामा

| 2018 Nov 11 | 05:19 pm 2195

कञ्चनपुर, कात्तिक २५ : छोरीको हत्यारा सार्वजनिक गरी कारबाहीको माग गर्दै निर्मला पन्तका आमाबुवा धर्नामा बसेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का १३ वर्षीया पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै निर्मलाका बुवा यज्ञराज र आमा र दुर्गादेवी पन्त जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्नामा बसेका हुन् ।

छोरीको बलात्कारपछि हत्या भएको तीन महिना भन्दा बढी समय बितिसक्दा पनि स्थानीय प्रशासनले हत्यारालाई कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै उनीहरू अनिश्चित कालीन धर्नामा बसेका हुन् । हत्यारा सार्वजनिक नगरेसम्म प्रशासन कार्यालय अगाडि २४ सै घण्टा धर्नामा बस्ने चेतावनी दिएका छन् । हत्या भएको १०९ दिन बितिसक्दा समेत सरकारले अपराधीलाई कानुनी दायरामा ल्यान नसकेको भन्दै उनीहरू धर्नामा बसेका हुन् ।  धर्नालाई नागरिक संघर्ष समितिले पनि साथ दिएको छ ।

नागरिक संघर्ष समितिले मदनचोकबाट दबाब र्‍याली समेत निकालेको थियो । र्‍यालीमा नागरिक समाजका अगुवा, विद्यार्थी, शिक्षक, पत्रकार, मानवअधिकारकर्मी, महिला अधिकारकर्मी लगायत सरोकार निकायले सहभागिता रहेको थियो । साथीको घरबाट गृहकार्य गरेर गत साउन १० गते घर जान हिँडेकी निर्मलाका साउन ११ गते बिहान नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.